अखिल (क्रान्तिकारी) भेरी कर्णालीमा विरोध प्रदर्श
बर्दिया माघ २९ । भागरथी भट्टको हत्यारालाई कडा कारवाही गर्न माग अखिल(क्रान्तिकारी)भेरी कर्णाली ब्युरो अन्तरगत बर्दिया र सुर्खेत जिल्लामा विरोध प्रदर्शन गरेको छ । भेरी कर्णाली ब्युरो अन्तर्गतका बर्दिया ,बाके ,सुर्खेत लगाएतका जिल्ला हरुमा अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको हो । प्रदर्शनमा अखिल (क्रान्तिकारी) भेरी कर्णाली सदस्य लोकेश राज जोशी ले राज्य बाटै अपराधी लाई संरक्षण भइरहेका कारण देशभर हिंसा र बलात्कारपछि हत्याको शृङ्खला बढिरहेको भन्दै बैतडीमा भगिरथी भट्ट त्यसैको शिकार भएको बताए । उनले हत्यारालाई कडा कारवाही गर्न माग गर्दै बलात्कार हत्या विरुद्ध संगठनले संघर्षलाई जारी राख्ने बताए । प्रदर्शनलाई अखिल (क्रान्तिकारी) सुर्खेतका संयोजक तुलराज तिरुवा र बर्दिया संयोजक हरि प्याकुरेल ले सम्बोधन गरेका थिए । र्‍यालीमा सहभागी सयौंको विद्यार्थिहरुले भागरथी भट्टको घटनाको तत्काल छानबिन गरि सत्यतथ्य बाहिर ल्याइनुपर्ने,बलत्कारीलाई कार्वाही गर!, हत्यारालाई फाँसी दे! लगायतका नारा लगाएका थिए । भागरथिको घटना निर्मला पन्तको जस्तै अन्योलमा नराखी दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन। वर्तमान राज्य व्यवस्था सामाजिक दलाल पुजीवादीहरुले संचालन गरिरहेका छन। जबसम्म राज्य व्यवस्था दलाल पुजीवादीहरुले संचालन गर्छन तबसम्म यस्ता घटनाहरु दिनप्रतिदिन झन डरलाग्दो तरिकाले घट्नेछन उनले भनेका थिए। यो व्यवस्थाका अन्त्यका विकल्प देशमा बैज्ञानिक समाजवादी व्यवस्था भएमात्र जनताले शान्ति,सुरक्षा,पाउने जोशी ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर