पहाडमा ठोक्किएर टु’क्रा’टु’क्रा, अनुशासित र मिलनसार थिइन् ए’यरहोस्टेज क्रि’स्मी थापा(हा’र्दि’क श्र’द्धा’ञ्ज’ली )

काठमाडौं । आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठो’क्कि’एर टु’क्रा’टुक्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मु’स्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घ’टना’ग्र’स्त अवस्थामा फेला परेको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ‘ टु’क्रा–टु’क्रा भएको अवस्थामा जहाज फेला परेको छ । स्था’नीयहरुले दु’र्घ’टना’ग्रस्त अवस्थामा जहाज फेला पारेको सिलवालले बताए ।

नेपाली सेनाको टोली दु’र्घट’नास्थ’लतिर गइरहेको छ । प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलि’कोप्टर पु’ग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा प’ठाउने तयारी भइरहेको सेनाले बताएको छ । लेकमा यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घट’नामा परेको जहाज फेला पारेको बताइएको छ ।

जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खो’जी सुरु गरिएको थियो ।

वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरेले विमान उडाएको थिए । विगत २५ वर्षदेखि विमान उडाइरहेका क्याप्टेन घिमिरेले निकै अनुभवी भएको तारा एयरले जनाएको छ । फिलिपिन्सबाट अध्ययन सकेर को पाइलटको रुपमा उक्त विमानमा रहेका रुकुम पश्चिम चौ’रजहारी नगरपालिका घर भएका उत्सव पोखरेल थिए ।

त्यसैगरी विमानमा एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् । विमा’न हराएपछि थापाकी सहकर्मीहरु उनलाई स’म्झिरहेकी छन् । सहकर्मीहरुका अनुसार एयर’होस्टेज थापा मिलनसार हुनुको साथै अनु’शासित पनि थिइन् ।

तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सद’स्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनु’षाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पु’ष्टि भएको हो ।

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पु’ष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।

दु’र्घट’नाग्र’स्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन ना’गरिक र चा’लक दलका तीन सदस्यसहित २२ सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर