म्युजिक भिडियोहरु मार्फत चर्चा कमाइ सकेकी सिम्पल खरेल / नायिका मात्र नभएर एक कुशल उद्घोषक, डान्सर र गायिका पनि हुन । सिम्पल लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टीकटक स्टार पनि हुन् । यदि तपाइँ टीकटक हेर्नुहुन्छ भने सिम्पल खरेल तपाइँहरुको लागि नयाँ नाम होइन ।

उनी नेपालको सबैभन्दा लोकप्रिय टीकटक भिडियो युजर हुन्। हाल उनको इन्स्टाग्राममा ८ लाख ३७ हजार फलोअर्स छन् ।

आधा दर्जन बढी गीतमा सहकार्य
चलचित्र नगरिमा जस्तै संगीत उधोगमा पनि माया प्रेमका प्रसङ्गहरु बेलाबखत गसिप बनेर सार्बजनिक हुने गर्छ । त्यो कुनै यथार्थमा परिणत हुन्छ त कुनै गसिपमै सिमित रहन्छ । उनले केहि अघिसम्म गायक कमल खत्रीसँग आधा दर्जन बढी गीतमा सहकार्य गरेिन्। केहिमा मोडल त केहिमा युगल गायकगायिका बनेर । यति गरेपछि प्रेममा छन् भन्ने हल्ला पनि चलेको थियो ।

कमल र सिम्पलको ‘जाउला रेलैमा’, ‘पहिलो माया’, ‘थाहा छैन’, ‘म गीत हु तिम्रो’ ‘कसिम’ लगायत गीतमा सहकार्य छ । यी मध्ये प्रायः गीत हिट भएका छन् ।

पछिल्लो समय खरेल टिकटक र इन्स्टामा निकै हिट छन् । उनका इन्स्टाको तस्बिरले तहल्का नै मच्चाएका छन् । जहाँ उनका निक हट तस्बिर देख्न सकिन्छ । उनी पुतली जस्तै क्युट भनेर प्रतिक्रिया अाउने गर्छ ।

सिम्पल खरेलका केहि तस्विरहरू:-

प्रतिक्रिया

सम्बन्धित खवर