पल शाह हिरासतमा बस्न थालेको आज २५ दिन पूरा हुने, २५ दिनभन्दा बढी समय प्रहरीले राख्ने नपाउने भएका कारण आज पल शाह छुट्दै, धरौटीमा रिहा हुन लागेका पलको स्वागतमा उनका फ्यानले राखे यी ३ स्थानमा बृहत कार्यक्रम, पल छुटेको खुशीयाली धुमधामसँग मनाइदै

पल शाहका फ्यानका लागि आयो अर्को दुखद खबर, महिनाकै २५ लाख कमाउने करोडपति पल शाहको त्यत्रो पैसा कहाँ गयो ? पलको खातामा अहिले रहेछ निकै कम पैसा, त्यही पैसा पनि रोक्का गर्नका लागि प्रकृया अगाडी बढाइदै

पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग : अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ ।

जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मु ,द्दाको अ, भि योग पत्रमा पी ,डि तलाई क्ष तिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार शाहको ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ छ ।

‘उक्त रकम मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम (११) (५) बमोजिम कोही कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरी पाउन अनुरोध छ’ अभियोग पत्रमा भनिएको छ ।

शाहबाट अपराध पी डित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) अनुसार पीडित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि भनिएको छ ।

शाहले विवाह गर्ने प्रलोभनमा २०७७ चैत ७ र ८ गते नाबालिकामाथि ज ब ज,स्ती क र ,णी गरेको निष्कर्षसहित सरकारी वकिलले बिहीबार जिल्ला अदालतमा मु,द्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर