काठमाडौं ।

पोखरा उच्च अदालतले दुवै मुद्दामा पी डक पनि समान व्यक्ति र पी डित पनि समान व्यक्ति भएको र कसुरको प्रकृति पनि एकैखाले भएकाले सँगै राखेर हेर्न आदेश जारी गरेको हो।

पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न उच्च अदालतले आदेश दिएको छ।

निर्माता तथा कानुन बिग्य मोनिका बस्नेत ले गोल्डेन टिभीमा अन्तरवार्ता दिदै यहि आउने विहिबारको दिन पल शाह रिहा हुने जानकारी दिएकि छन्।

नबालिग गायिकामाथि पटकपटक ज बरज स्ती क रणी गरेको आरो पमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सकिएको छ। विपक्षी पल पुर्पक्षका लागि जे ल चलान भएका छन्।

पीडित एकै भएपनि घटनास्थल र घटना फरक भएकाले दुवैतिर मुद्दा चलिरहेको छ। दुवै जिल्लाका अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाहले उच्च अदालत पोखरामा जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए।

‘शाहका तर्फबाट कानुन व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरेर साधारण तारेख या धरौ टीमा रिहाइको माग गर्दै छुट्टाछुट्टै निवेदन थिए,’ उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले भने, ‘त्यसपछि दुवै जिल्लाबाट कैफियत प्रतिवेदन पनि माग भइसक्यो।

आज बसेको पेसीले पी डित एकै भएकाले दुवै जिल्लाको मुद्दा सँगै राखेर हेर्ने आदेश दिएको छ। अब अर्को सुनुवाइ सम्भवतः अर्को साता होला!’

गत चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा ब लात्का र म तियारको अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटी तिराएर छाड्न आदेश भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर