प्राय मानिसहरूले एउटी महिलाको प्रशंसा गर्नु छ भने भन्छन्
अरे वाह, उनी कति smart छिन ।
बिहे भएको जस्तो पनि लाग्दैन
उनलाई दुई बच्चाकी आमा जस्तो देखिदैन ।

र हामी महिलाहरू पनि खुशी हुन्छौं
मलाई यो बालसुलभ प्रशंसा लाग्छ
यसमा खुशी हुनु झनै पागलपन हो
नारिको लागि आमा हुनु भनेको उनको लागि दोस्रो जन्म हुनु हो ।

म पनि २ बच्चाको आमा हुँ, मलाई थाहा छ
मलाई लाग्छ र मलाई लाग्नु नै पर्छ
मलाई म आमा हुनुमा गर्व लाग्छ किनकि
आमा नहुनेलाई सोध, आमा नहुनुको पिडा
र जसले हजारौं प्रयास गरे पनि.आमा बन्न सक्दैनन्
उनलाई सोध. आमा बन्न नसकेको पिडा ।

छोरी देखि श्रीमती र श्रीमती देखी आमा
यही त हो जिन्दगीको यात्रा ।

 

प्रतिक्रिया

सम्बन्धित खवर