काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आइतवार बिहानैबाट वर्षा शुरु भएको छ। मध्यरातिसमेत वर्षा भएको र विभिन्न स्थानमा पनि हाल वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनायो।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भएको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

हाल वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर