काठमाडौँ । नायिका सुष्मा कार्की यस्ती पात्र हुन् जो बेला बेलामा अनेकन कारणले चर्चामा आइरहन्छिन् ।

सुष्मा यतिबेला मिडियामा समाचारका रुपमा छाउनुको पछाडीको कारण हो उनको ९ लाख भन्दा बढी लाइक भएको र भेरिफाइड पेज बिक्री हुनु ।

जुन पेजमा अहिले एक अनलाइनको समाचार शेयर भैरहेको छ । विगत केही महिनादेखि सुष्मा सामाजिक संजालबाट टाढा भइरहँदा सुष्माको नामको उक्त पेजबाट न्युजहरु भने धमाधम सेयर भइरहेका छन् ।

सुष्माले नायिका पूजा शर्माको बिषयमा दिएका बयानहरु दिएपछि उनी लामो समयसम्म विबादमा तानिइन् ।

युट्युबका होस् वा कुनै टेलिभिजनका अन्तरवार्ताका शोहरुमा पुग्दा समेत सष्माले पूजाविरोधी अभिव्यक्ति दिएपछि सुष्मासिवरुद्ध दर्शकहरु जाइलागेपछि उनी सामाजिक संजालबाट नै यतिबेला टाढा छिन् ।

त्यसपछि अक्कल झुक्कल फिल्मका कार्यक्रम तथा पत्रकारहरुसँगको भेटमा सुष्माले भने नकारात्मक प्रतिक्रिया धेरै आउन थालेपछि सामाजिक संजालबाट बाहिर भएको प्रतिक्रिया दिन थालेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर