गायक स्वप्न सुमन विवाह बन्धनमा बाँधिएका छन् । उनले मोडल ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन् । योगीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् ।

उनीहरुले यसअघि आफ्नो सम्बन्धलाई साझा गरेका थिएनन् । विवाहको तस्बिर सेयर गर्दै योगीले सबैको माया र आशीर्वादको आशा व्यक्त गरेकी छन् ।

युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक

२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो।

स्वप्न पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक हुन् भने ज्योत्सना म्युजिक भिडियो र मोडलिङमा सक्रिय छिन् । गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ र थुप्रै विज्ञापनहरूमा उनले अभिनय गरिसकेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर