काठमाडौं । अभिनेता पल शाह जिल्ला बाटै तुरुन्तै छुट्ने उच्चका वकिलले नै खुलासा गरेका छन् ।

सबै काम जिल्ला बाटै हुने भएकाले त्यो सबै काम गर्न बाँकी रहेको र अब अर्को महिना नकट्नेगरी पल शाह थुनामुक्त हुने वकिलको भनाई छ ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत पोखरा गएका थिए ।

शाहको पक्षमा वरिष्ठ अधिवक्ता लव मैनाली उच्च अदालत गएका थिए । उच्च अदालतलेपनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने फैसला नै सदर गरिदियो ।

उक्त फैसलाको पूर्ण पाठ आएपछि उच्च अदालतका वरिष्ठ अधिवक्ता लव मैनालीले उच्च अदालतले जिल्लामा चलिरहेको मुद्धा जतिसक्दो छिटो टुंगो लगाउन दिशानिर्देश गरेको बताए ।

पीडितले म चोखी छु, कन्या छु, मेरो सतीत्व कहिँ कतै दाग लागेको छैन भनेर बयान दिएपछि उक्त बयान कसैको प्रभावमा, डर, त्रासमा भनिएको हो की स्वयंं सत्य बोलिएको हो भन्ने अदालतले परीक्षण गर्ने र त्यसपछि शाहलाई निर्दोष सावित गर्ने वकिल मैनालीको दावी छ ।

उच्च अदालतको फैसलालेपनि त्यही भनेको उनको दावी छ । यसैले अहिले जिल्लाले गर्ने काम गरिरहेको अब पल छुट्न असार महिना नकाट्ने मैनालीको दावी छ ।

नेपाली म्युजिक भिडियो र चलचित्र क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह विवादको विषय बनिरहेका छन् ।

एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ ।

पछि गायिकाले आफूलाई करणी नभएको बयान दिएपछि उक्त मुद्धामा ट्वीष्ट आइसकेको छ । अब पल जेल बाहिर आउने प्रतिक्षामा रहेका सबै समर्थकले वीस गरौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर