काठमाडौं । गायक प्रकाश सपूतलाई सुरक्षा खतरा बढेको छ । माओवादी द्वन्द्वले दिएको पीडासम्बन्धी म्युजिक भिडियोका कारण चर्चामा आएका उनलाई धम्की आउन थालेको छ ।

सपूतलाई माओवादीसम्वद्ध संगठनका पदाधिकारीले नै धम्की दिन थालेका छन् । युट्युबबाट भिडियो हटाउन धम्की बढ्न थालेको छ ।

माओवादीसम्वद्ध अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भिडयो नहटाए चुप नलाग्ने भन्दै धम्की दिएकी छिन् । सामाजिक सञ्जालमा पनि उनीविरुद्ध धम्की आएको छ ।

माओवादी केन्द्रीय सदस्य दीपशिखाले पनि चेतावनी दिएका छन् । उनले म्युजिक भिडियोमा देखाइएको कतिपय दृश्य आपत्तीजनक मात्र नभई दण्डनीय भएको बताएका छन् ।

पीडा दियो बोलको गीत यतिबेला युट्युबमा ट्रेन्डिङमा छ । युट्युबमा राखेको भिडियो अहिलेसम्म दशौं लाखले हेरिसकेका छन् ।

माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतले अभिनय गरेका छन् ।

भिडियोमा माओवादीका पूर्व लडाकुहरु विदेशिन वाध्य भएको देखि यौन व्यापारमा लाग्न थालेको देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर