गायक प्रमोद खरेल कार दुर्घटनामा परेका छन् । उनले, सामाजिक संजालमार्फत आफू कार दुर्घटनामा परेको र भगवान्ले ज्यान बचाएको उललेख गरेका छन् ।

उनले, बुधबार बेलुकी काठमाडौंको रेकर्डिङ सकेर तुलसीपुर दाङको कार्यक्रमका लागि रातको १ बजे होटल पुग्नु भन्दा १० मिनेट अगाडि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उल्लेख गरेका छन् । कार रोडको पर्खालमा बज्रिएको छ र अर्ध निन्द्रामै आफ्नो होस गुमेको उल्लेख गरेका छन् ।

गाडीको एयर ब्याग र सिट बेल्टले आफूलाई जोगाएको पनि प्रमोदले बताएका छन् । राती ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आएको जानकारी दिदै उनले ६ घन्टा काठमाडौंमा सबै जाँच गरेको पनि बताएका छन् । बाहिर चोट भएपनि भित्री चोट नभएको भन्दै उनले केही दिनलाई आफ्ना सम्पूर्ण काम स्थगित गरेको जानकारी दिएका छन् ।

उनले, फेरि एकपटक भगवान्ले आफ्नो हात थामिदिएको पनि लेखेका छन् । प्रमोद यस अगाडि पनि एक स्टेज कार्यक्रममा गीत गाउँदै गर्दा स्टेजबाट भूँइमा खसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर