हुनत, मनोरञ्जन दुनियाँमा प्रेमका गसिपहरु यसै पनि सुनिने गर्छन् । कलाकारका प्रेमका खबरले दैनिक गसिप बजार तातिएको हुन्छ । विगत केही समयदेखि गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेविच प्रेमको कोपिला फक्रिएको चर्चा सांगीतिक बजारमा चलिरहेको छ । केही समय अगाडि उनीहरु ‘म यस्तो गीत गाउँछु २’ हेर्न हलमा एकसाथ पुगेको खबर मेरो फिल्मीले प्राप्त गरेको थियो ।

तर, यो बिषयमा महेश र अस्मिता दुबै मौन छन् । गसिप बजारले एकसाथ देखिएपछि प्रेमको अड्कल काट्न थाल्नु नयाँ कुरा पनि होइन । तर, प्रेमको चर्चा चलिरहेको समयमा गायिका अस्मिता अधिकारीलाई महेशले शुभकामना र बधाई दिएका छन् ।

अस्मिताले यो बर्षको छिन्नलता पुरस्कार प्राप्त गर्दैछिन् । यो पुरस्कार प्राप्त गर्न लागेको खबर सुन्दा आफू खुशी भएको भन्दै उनले स्टाटस लेखेकी छिन् । सो स्टाटस शेयर गर्दै महेशले वधाई लेखेका छन् । साथै, अस्मिता यो पुरस्कारका लागि लायक भएको समेत उनको तर्क छ । महेशले वधाई दिएपछि अस्मिताले धन्यवाद लेखेकी छिन् । जहाँ, महेशले फेरि लभको साइन दिएका छन् ।

प्रेमको चर्चाविच महेशले अस्मितालाई बधाई दिएपछि यो हल्लालाई अझै मलजल मिलेको छ । बाँकी कुरा त उनीहरुकै मुखबाट सुन्दा राम्रो होला ।

प्रतिक्रिया

सम्बन्धित खवर