छोरीको जिबन 😭
भर्खरै बिहे भयको सबै नया नया थियो
आमा लाई तिलहरि बा लाई औठि दिदै ढोगे
सबै दाईजो हेर्र्दै थिय
म मन मनै कति ऋण लाग्यो जोड्दै थिय 🥺🥺

कहिले नटेकेको घर लाई आफ्नो घर
अनि आफु जन्मेर फुलबारि सजायको घर लाई माईति भन्नु पर्ने
न जन्मायको न हुर्कायको न पढायको न त्याग तपस्या सहजै आमा बाबा स्विकार गर्नु पर्ने
आफ्नै मुटु को टुक्रा लाई पराई सग सुप्पिदिदा
संस्कार को परिभाषा घोटाऊनु पर्ने
कहिले नचिनेको अन्जान व्यक्ति लाई भगवान मानि पाऊ पुज्नु पर्ने
जिबन का सारा अतित लाई तिलान्जलि दिदै नया संसार सजाऊनु पर्ने
बेस्सरि हास्नु भयन
धेरै बेर सुत्नु भयन
छिटो छिटो बोल्नु भयन
हतार हतार हिन्नु भयन
रिस कहिले अनुहार मा आउनु भयन
थाक्नु कहिले भयन
रुनु कहिले भयन
छोटा लुगा लगाऊनु भयन
बुडा सग धेरै मिल्नु भयन
छोरि मात्र पायर भयन
सबै को खुट्टा ढोग्नु पर्यो
आफु तल परेर अरु माथि राख्नु पर्यो
सिन्दुर पोते चुरा ले ढाकिनु पर्यो
सगै जागिर खायर बुडा सोफा मा अनि बुढि चुला मा पस्नु पर्यो
सबै आफन्त जन को आखा को नानि बन्नु पर्यो
आमा बुवा लाई भेट्न अनुमति माग्नु पर्यो
कति सहजै भन्छौ है तिमि बुहारि हौ
कसैको चित्त नदुखाऊ
अनि बुहारि तिम्रो पनि मन छ चित्त दुख्छ
कि  भनि
कहि कसैले सोध्यौ 🥺🥺🥺बुहारि हुदै गर्दा मैले त्यागेका मेरा खुसि को मुल्य कसैले सोध्यौ कति सहज भन्छौ बुहारि हौ कसैको चित्त नदुखाउ

प्रतिक्रिया

सम्बन्धित खवर