तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङमा भेटिएको छ । विमानमा सबै सबै यात्रुको मृत्यु भएको सेनाले पुष्टि गरेको छ। सेनाका अनुसार थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । विमान दुक्राटुक्रा भएको छ भने शव यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ ।

यार्सागुम्बा टिप्न गएकाहरुले दुर्घटनाबारे जानकारी गराएपछि उद्दार टोली घटनास्थलमा पुग्न सफल भएको थियो ।जोमसोम बाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका हुन् ।

आइतबार विमान पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुन पुगेको थियो । आइतबार दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिएपनि आइतबार मात्रै स्थान लोकेट भएको हो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए । यसबारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर