सुर्खेत । आइतबार दिउँसो १ बजे आमासँग भेट्ने सपना वाचा गरेका थिए, दुर्घटनाग्रस्त तारा एयरका को–पाइलट, उत्सव पोखरेलले । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ३ का पोखरेलले बिहानै टेलिफोन गरेर भनेका थिए, ‘दिउँसो काठमाडौं आउँछु, अनि आमासँग भेट्छु ।’

तर उनको आमा भेट्ने सपना अधुरै रह्यो । हिजोदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त स्थितिमा आज बिहान भेटिएसँगै उनको आमा भेट्ने सपना अधुरो भएको पुष्टि भएको हो ।

‘हिजो बिहान फोन गरेर दिउँसो एक बजे काठमाडौं फर्किन्छु भनेको थियो’, उत्सवका बुवा मणिराम पोखरेलले भने, ‘उसले भिडियो कल गरेर पोखरा लुक्लाको पाँच उडान भरेर काठमाडौं फर्किने भनेको थियो । तर, दैवले अब कहिल्यै भेट गराउँदैन जस्तो छ ।’

२५ वर्षका पोखरेलले जाजरकोटको बागेश्वरी माविबाट एसएलसी दिएका थिए । त्यसपछि प्लस ‘टु’हुँदै को–पालटको तालिम लिन उनी फिलिपिन्सको रोयल एकेडेमीमा भर्ना भएका थिए ।

उत्सवका दाइ उमेश पनि पाइलट पढ्न फिलिपिन्समा गएका छन् । बुवाले अब उमेशलाई पनि पाइलट नपढाउने निधो गरेका छन् ।

उत्सव को–पाईलट बनेको दुई वर्ष मात्रै भएको थियो । उनले विवाह गरेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर