१७ फागुन, काठमाडौं-मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको काजकिरिया गरिरहेका छन् ।छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै

सुन्दरहरैंचा-४, बाँसबारीका दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत आमाको सामूहिक क्रियामा बसेका छन् ।आमालाई दागबत्ती दिने दीपा र सुनिता अविवाहित हुन् भने सपना विवाहित हुन्।

५५ वर्षीया आमा मनमाया ढकाल खतिवडाको निधनपछि दुई दिदीबहिनीले काजकिरिया गरिरहेको दीपाले बताइन् ।

आमा सबैको भएकाले छोरीलाई काजकिरियाबाट बञ्चित गर्ने संस्कारलाई आफूहरुले नमान्ने दीपाले बताइन् ।उनीहरुको एक मात्र भाइको सानै उमेरमा मृत्यु भएको थियो ।बाबुआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने

परम्परागत सोचमा परिवर्तन ल्याउन खतिवडा दिदीबहिनीले गरेको साहसलाई सामाजिक सञ्जालमा धेरैले सराहना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर