ज्याेति पन्थि , बर्दिया चैत २५ ।

दलित महिला संघ बर्दियाले बर्दिया जिल्लाकाे बढैयाताल गाउपालिका र गुलरिया नगरपालिकामा सञ्चालन गरेकाे कार्यक्रमका बारेमा समाज कल्याण परिषदका प्रतिनिधि जया बुढाथाेकि र दलित महिला संघ केन्द्रीय कार्यक्रम अधिकृत सुरेस बिक सहित काे टाेलिले स्थानिय सरकार संग बुधबार छलफल गरेकाे छ । बिगत लामाे समय देखि बर्दियाकाे बढैयाताल गाउपालिका र गुलरिया नगरपालिकामा दलितहरूकाे अधिकार र सचेतनामा जाेड दिदै आयकाे दलित महिला संघ बर्दियाले बिगत केही बर्ष देखि महिलाहरूकाे आय आर्जनका बिषयमा समेत काम गर्दै आाई रहेकाे छ ।

दलित महिला संघ बर्दियाले सञ्चालन गरेकाे कार्यक्रमकाे प्रभावकारिता बारे बुझ्न दलित महिला संघ केन्द्रीय समिति र समाज कल्याण परिषद सहित काे टाेलि बिहिबार बर्दियाकाे स्थानिय तहमा पुगेकाे हाे । स्थानिय तह संग पुगेकाे टाेलि संग छलफल गर्दै गुलरिया नगरपालिका उपप्रमुख शुशिला गिरिले दलित महिलाकाे अधिकार र सचेतना संगै उनिहरूकाे आय आर्जनमा जाेड दिनु पर्ने धारणा राख्नु भयाे ।

 

बुधबार गुलरिया पुगेकाे टाेलिमा दलित महिला संघ केन्द्रिय कार्यक्रम अधिकृत शुरेश बिक, समाज कल्याण परिषदकाे तर्फबाट जया बुढाथाेकि सहितकाे टाेलि संग उप प्रमुख शुशिला गिरि, कार्यपालिका सदस्य नैन सुनार, बिनिता देवकाेटा, शान्ता परियार, प्रेस सल्लाहकार ज्याेति पन्थि लगायतले छलफल गर्नु भएकाे थियाे ।

यसैबिच टाेलिले बर्दियाकाे बढैयाताल गाउपालिका उप प्रमुख दिपा गाैतम वडा नं ४ का वडा अध्यक्ष कर्ण बहादुर थापा, कार्यपालिका सदस्य चन्द्रकला बिक न्यायिक समिति सदस्य गंगा बहादुर खत्रि लगायतका जनप्रतिनिधि संग भेट गरि दलित महिला संघ बर्दियाकाे कामकाे प्रभावकारिता र आगामि दिनकाे कार्य सुझावका बिषयमा छलफल गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर