ज्योति पन्थी बर्दिया ११ चैत । दलित महिला संघ बर्दियाले बिगत एक दशक देखि बर्दिया जिल्लाको बिभिन्न पालिकामा दलित समुदायको पैरवि गर्दे आई रहेको छ । पछिल्लो समय दलित महिला संघ दलितहरुको हक अधिकारका साथ साथै उनिहरुको आर्थिक उपार्र्जन गर्न समेत बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आई रहेको छ । यसै बिच दलित महिला संघ बर्दियाले पछिल्लो समय दलित समुदायका लागि दलित सम्बन्धि कानुनहरुका बारेमा जानकारी दिने उद्धेश्यले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा कानुनी साक्षरता सम्बन्धि दुई दिने तालिम सम्प्न्न भएको छ ,। द्यलित महिला संघ बर्दियाले आयोजना गरेको तालिममा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले दलित समुदायको पैरविमा दलित महिला संघ बर्दियाले अहम भुमिका निर्वाह गरेको जानकारी गराउँदै पछिल्लो समय भेदभावका घटनामा समेत कमि आएको बताउँनु भयो ।

बढैयाताल गाउँपालिकामा सम्पन्न तालिममा संबिधानमा दलित महिलाका बारेमा भएका प्रावधानका बारेमा स्थानिय न्यायिक समिति तथा अन्य संयन्त्रहरु, मुलुकि अपराध संहिता २०७४ का बारेमा छलफल गरिएको दलित महिला संघ बर्दियाका कार्यक्रम संयोजक हिमा सुनारले जानकारी दिनु भयो । कार्यक्रममा दलित महिला अगुवा, कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । पछिल्लो समय बर्दिया जिल्लाको गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा दलित महिला संघ बर्दियाले बिभिन्न चेतना मुलक तथा आय आर्जन मुलक कार्यक्रमहरु सञ्चालन गर्दे आई रहेको छ । तालिममा अधिवक्ता लक्ष्मि नेपाल र अधिवक्ता राज कुमार थारुले तालिममा सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर