अनन्त राजेश,निखिल र बिराज भट्टले समेत पल शाहलाई यसरी भेटेको छ । अहिले पल प्रकारण एक दमै चर्चित बिषय बनेको छ । पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए ।

उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए । ‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटाएका हौं ।

त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखिएन,’ थापाले अनलाइखबरलाई भने । अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य फिल्ममा समावेश थियो ।

निर्माता थापाका अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो । ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गते रिलिज तयारीमा छ । पल शाह प्रकरणले नयाँ मोड लिएको छ ।

कर णी मुद्दामा पीडित भनिएकी किशोरी गायिकाले नै बयान फेरेपछि यो घटना फेरि कौतुहलको विषय बनेको छ । आफूमाथि कर णी भएको भन्दै जाहेरी दिएकी ती किशोरीले अहिले आएर उक्साहटमा त्यसो गरेको भन्दै बयान फेरेकी छन् । पीडित भनिएकी किशोरीको तनहुँ जिल्ला अदालतमा बकपत्र भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर