काठमाडौं । सुदूरपश्चिम प्रदेशका भेलालाई सम्बोधन गर्न पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँका युवाहरुले निर्मला पन्तको बलात्कारी खै ? भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीले कार्यक्रम गर्ने स्थलमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ भन्ने टिसर्ट लगाएर प्रधानमन्त्रीको विरोध स्वारुप उनीहरुले प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा कडा सुरक्षा सतकर्ता अपनाएका थिए । तर ति युवाहरुले आफुले लगाएका टिसर्टमा निर्मलाको बलात्कारी खै ? भनेर लेखेर प्रश्न गरेका थिए ।

यसरी विरोध र प्रश्न गर्दै सभामा उपस्थित भएका ति युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर