अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग स’म्ब’न्ध वि’च्छे’द गरेका छन् । निखिलले कोपिलालाई छाडेको लगभग १३ वर्षपछि सम्बन्ध वि’च्छे’द गरेका हुन् । उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध वि’च्छेद भएको हो ।

सम्ब’न्धवि’च्छेद पछि निखिल उनकी पुर्वपत्नी कोपिलाको बारेमा बिभिन्न कुराहरु बाहिरिन थालेको छन् । कोपिला र निखिल एउटै थर र नजिकको नाता पर्ने खुलासा भएको छ । उनीहरुले पारिवारिक सहमतिबिना बिवाह गरेका थिए ।

निखिल कोपिलाबीचको वैवाहिक सम्बन्ध सामाजिक-सांस्कृतिक मान्यताका हिसाबले गलत थियो । बुझिएअनुसार उनीहरुको थर एउटैमात्र होइन, टाढाको नाताले ‘दिदी-भाइ’पर्छन् । उमेरले आफूभन्दा जेठी कोपिलालाई निखिल ‘फुपू’भन्ने गर्थे ।

सर्लाहीका निखिल र धादिङ नौबिसेकी कोपिला काठमाडौंमा कलेज पढ्दै गर्दा भेट भएका थिए । फरक-फरक कलेज पढ्ने भए पनि उनीहरुको बस्ने ठाउँसँगै थियो । एउटै थर र सगोत्री भनेर जान्दाजान्दै उनीहरु प्रेममा परे र छुट्टिनै नसक्ने भए ।

४-५ वर्षको प्रेमपश्चात निखिल र कोपिलाले पारिवारिक विद्रोह गर्दै विवाह गरे । निखिलले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पिँजडा’ रिलिज भएको केही महिनापछि उनीहरूको विवाह भएको हो । २०५८ साल फागुन २३ गते कालीमाटीस्थित पचलीभैरवमा उनीहरुले लगनगाँठो कसेका थिए । उनीहरूको सगोत्री विवाहलाई लिएर दुवैका परिवार तथा आफन्तले आपत्ति जनाएका थिए ।

पहिलो फिल्म ‘पिँजडा’ हिट भएपछि निखिलको फिल्मी करिअरले ह्वात्तै उछाल लियो । उनी सर्वाधिक च’र्चित र व्यस्त नायक बन्न पुगे । तर, श्रीमतीसँगको स’म्वन्ध भने बि’ग्रिन थाल्यो । र अन्तत डि’भोर्स नै हुन’पुग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर