पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न उच्च अदालतले आदेश दिएको छ। पोखरा उच्च अदालतले दुवै मुद्दामा पीडक पनि समान व्यक्ति र पीडित पनि समान व्यक्ति भएको र कसुरको प्रकृति पनि एकैखाले भएकाले सँगै राखेर हेर्न आदेश जारी गरेको हो।

नबालिग गायिकामाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सकिएको छ। विपक्षी पल पुर्पक्षका लागि जेल चलान भएका छन्।

पीडित एकै भएपनि घटनास्थल र घटना फरक भएकाले दुवैतिर मुद्दा चलिरहेको छ। दुवै जिल्लाका अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाहले उच्च अदालत पोखरामा जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए।

‘शाहका तर्फबाट कानुन व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरेर साधारण तारेख या धरौटीमा रिहाइको माग गर्दै छुट्टाछुट्टै निवेदन थिए,’ उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले भने, ‘त्यसपछि दुवै जिल्लाबाट कैफियत प्रतिवेदन पनि माग भइसक्यो। आज बसेको पेसीले पीडित एकै भएकाले दुवै जिल्लाको मुद्दा सँगै राखेर हेर्ने आदेश दिएको छ। अब अर्को सुनुवाइ सम्भवतः अर्को साता होला!’

गत चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा बलात्कार मतियारको अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटी तिराएर छाड्न आदेश भएको थियो।

त्यसको केही दिनपछि पूर्व नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो। तर, पुर्पक्षका लागि थुनामा पठाउन गरिएको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको भन्दै पलका कानुन व्यवसायीले उच्च अदालतमा पुनरावेदन चढाएका थिए।

नाबालिग गायिकाका बुबाले गत फागुनको फरकफरक मितिमा छोरीमाथि पलले बिहेको प्रलोभन देखाउँदै पटकपटक करणी गरेको दुवै जिल्लाको प्रहरी कार्यलयमा जाहेरी दिएका थिए।

पलले अन्तिम पटक करणी गरेको घटनास्थल गत वैशाख १४ गते तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा भएको भन्दै पीडित परिवार सुरुमा जाहेरी लिएर तनहुँ प्रहरीमा पुगेको थियो।

त्यसपछि म्यूजिक भिडियो सुटिङको क्रममा पूर्वी नवलपरासीको क्षेत्रभित्र पर्ने गैँडाकोट रिसोर्टमा पनि सुटिङ नै लम्ब्याएर छोरीलाई जर्बजस्ती करणी गरेको भन्दै पीडितका बुबाले गैँडाकोट प्रहरीमा जाहेरी दिएका थिए।ह

प्रतिक्रिया

सम्बन्धित खवर