आज ठिक दुई महिना कटेको छ चर्चित अभिनेता पल शाहलाई पूर्पक्षका लागि कारागारमा राखिएको। यसकै क्रममा पल शाह सँग सत्रुगते फिल्म खेलेको एक्टर एवम् प्रोड्युसर किरण केसी समेत पल शाहलाई भेट्न तनहुँ कारागार पुगेर काठमाण्डौं फर्केका छन्।

उनलाई कसरी तपाईंहरू पल शाहलाई भेट्न पुग्नुभयो भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ खासमा हामी लक्काजवान फिल्म को प्रेस मिट र प्रोमोसनका लागि नेपाल व्यापी अभियानमा निस्केका थियौँ र त्यहि क्रममा पल शाह बसेको कारागारको बाटो पारेका बेला उसलाई पनि भेट्न जाऊ भनेर गएका हौ हामी।’

अनि तपाईंको पल शाह सँग के बिषयमा कुराकानी भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ मैले पल भाइलाई धार्मिक कुराहरू धेरै गरे अनि मैले उसलाई मान्छेलाई नै हों दशा लाग्ने मान्छेलाई नै हो दिन लाग्ने मान्छेलाई नै हो बिभिन्न किसिमको ग्रह नक्छेत्र हरुले असर पर्ने भने जस्ता कुराहरु गरे।’

‘मैले अझैं पनि पल भाई मा नर्भस भएको देखिन अनि मैले भाइलाई के भइरहेको छ भनेर सोध्दा पल भाइले अब बीस गते पोखरामा थुनछेक को पेश्की राख्या छ अब त्यसपछी के हुन्छ भनेर भन्दै थियो। नर्मल भएर नै हामी सबै टीम सँग उसले कुरा गर्यो। हामी सँग टिममा पल लाई भेट्न जानेहरू मा दिलिप रायमाझी पनि हुनुहुन्थ्यो र वहाँले पनि पल सँग कुराकानी गर्नु भयो।’

किरण केसीलाई तपाई यतिबेला पल शाहले भेट्न जाँदा तपाईं आफ्नो फिल्म पब्लिसिटी का लागि मात्रै जानु भएको हो कि जस्तो देखिन्छ नी कि के हो भनेरआश्वासन सोध्दा उनी यसो भन्छन्,’ पल शाहको विषयमा न मलाई केही थाहा छ न मैले केहि बोल्न मिल्छ तर पल भाई मेरो मन पर्ने हिरो भएकाले मात्रै उसलाई भेट्न गएका थियौं।’

प्रतिक्रिया

सम्बन्धित खवर