ज्याेति पन्थि २ चैत । दलित महिला संघ बर्दियाले बर्दियाकाे बढैयाताल गाउँ पालिकामा सामाजिक न्यायमा दलित महिलाकाे पहुच अभिबृद्विका लागि गाउपालिकाका सराेकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । दलित महिला संघ बर्दियाले बढैयाताल गाउपालिकामा आयाेजना गरेकाे अन्तरकृया कार्यक्रममा गाउपालिका उपाध्यक्ष दिपा गाैतमले दलित समुदायकाे न्यायमा पहुच पुर्याउनका लागि आफुले कुनै कसर बाकि नराख्ने धारणा ब्यक्त गर्नु भयाे । उहाले दलित महिला संघले पछिल्लाे समय दलित महिलाकाे पहुच अभिबृद्वि गर्नका लागि सकारात्मक तरिकाले कार्यक्रमहरू सञ्चालन गरेकाे भन्दै प्रशंसा समेत गर्नु भयाे ।कार्यक्रममा उपाध्यक्ष गाैतमले अवका दिनमा गाउपालिकाले दलित महिला मैत्रि याेजना बाउने प्रतिबद्वता समेत जाहेर गर्नु भयाे । कार्यक्रममा दलित महिला संघ बर्दियाका कार्यक्रम संयाेजक हिमा सुनारले बर्दियाकाे बढैयाताल गाउपालिकाले समेत दलितकाे पहुँच अभिबृद्वि गर्नका लागि कार्यक्रम सञ्चालन गर्नु सकारात्मक रहेकाे बताउनु भयाे । उक्त कार्यक्रममा बढैयाताल गाउपालिका न्यायिक समिति सदस्य र सराेकारबाला सहित दलित अभियान्ताहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर