ज्योति कुमार पन्थी, बर्दिया
नेपाल राष्ट बैकले बैक तथा बित्तिय सस्थामा तरलता अभाव भएको भन्दै रिण लगानीमा नियन्त्रण गरे पछि यति बेला बर्दिया जिल्लाका महिलाहरु भने समुह प्रति आर्कशित हुन थालेका छन । बैक तथा बित्तिय सस्थामा रिण लिन धेरै धाउँन पर्ने भएको भन्दै उनिहरु यति बेला समुहको रिण लिन प्रति उत्साहित भएका छन ।

राष्टबैकले बैक तथा बित्तिय सस्थामा तरलता भएको भन्दै पछिल्लो सयम बैक तथा बित्तिय सस्थाबाट रिण लगानीमा रोक लगाए पछि बर्दिया जिल्लाको बैयाताल गाउँपालिकाका महिलाहरु समुह प्रति आर्कशित हुन थालेका हुन । सानो सानो काम गर्न पनि बैकमा महिनौ धाउँनु पर्ने बाध्यता त्यस माथी पनि रिण लिनका लागि बिभिन्न किसिमको कागजी प्रकृया पुरा गर्नु पर्ने भएकाले पनि महिलाहरु ब्यवसायका लागी यति बेला समुहबाट उपलब्ध हुने रिणमा आर्कशित हुन थालेको महिलाहरुले बताएका छन ।

 

गाउँका महिलाहरु मिलेर आफैले संकलन गरेको रकमनै रिण्मा पाउँ थाले पछि यति महिलाहरु घरयासि कामका साथै ब्यापार ब्यवसायमा लागेको र त्यो गर्नका लागि समुहले सहज भएको बढैयाताल गाउँपालिका वडा नं.८ कि लता बिकले बताउँनु भयो ।


आजभोली गाउँ गाउँमा महिलाहरु आफै मिलेर समुह गठन गर्ने र मासिक रुपमा रकम संकलन गरी महिलाहरुलाई नै त्यो रकम लगानी गर्ने क्रम बढेको देखिन्छ । मासिक रुपमा हुने गरेको बैठकले निर्णय गरेर महिलाहरु रिण पाउँन थाले पछि सानो सानो रकमको रिण लिन दुर दराजका महिलाहरु यतिबेला बजार सम्म आउँन छाडेको मििहलाहरु बताउँछन । आफुले लगानी गर्नका लागि बैकबाट रिण लिदा धेरै प्रकृया पुरा गर्नु पर्ने हुन्छ त्यसले गर्दा मालपोत देखि बैक सम्म धाउँनु पर्ने बाध्यता टरेको बढैयाताल गाउँपालिका वडा नं. ९ मा टेलर सञ्चालन गर्दे आउँनु भएकी शिवानी बयलकोटीको भनाई छ ।

पछिल्लो समय स्थानिय महिलाहरुलाई आत्म निर्भर बनाउँका लागि सरकारी तथा गैर सरकारी सस्थाहरु पनि समुह गठन लगायतका बिषयमा केन्द्रित भएको पाईन्छ । महिलाहरुलाई आत्मनिर्भर गराउँन सके मात्र घर समृद्ध हुन्छ भन्ने उदेश्य सहित लागेको दलित महिला सँघ बर्दियाले गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा मात्र २० भन्दा बढी समुह गठन गरेको देखिन्छ । दलित महिला संघले गठन गरेको समुहमा अहिले ४ सय ४८ महिला सहभागि भएका छन भने उनिहरुले अहिले सम्म ५५ लाख ७१ हजार ८ सय ४८ रुपैया लगानी गरेको दलित महिला सँघ बर्दियाका कर्मचारी भगवती बिकको भनाई छ ।

जे होस समुह गठन भए पछि आफैले उठाएको रकमबाट सहज रुपमा रिण पाउँन थाले पछि स्थानियले भने बाख्रा पालन, बंगुल पालन, पसल लगायतका ब्यवासयमा महिलाहरु आर्कषित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर