ज्योतिष शास्त्रमा जन्मबार अनुसार पनि मानिसको भाग्यमा असर गर्ने बताइन्छ । जन्म समय अनुसार नै मानिसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । आज विहीबार, विहीबार जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ ? भन्ने विषयमा यहाँ चर्चा गरिएको छ-विहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । तपाई विहीबार जन्मिनुभएको हाे भने मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण तपाई आदर्श पनि हुनुहुन्छ ।!

स्वास्थ्यको दृष्टिकोणले विहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाईको समस्या देखिन सक्छ ।यसैगरी विहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो विहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ ।

कसरी पूजा गर्ने ? पूजा विधि: बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ । विहीबारको व्रत लिँदा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

पौराणिक कथा: पौराणिक कथाअनुसार एकजना प्रतापी र दानी राजा थिए । उनको दरबारमा असाध्यै धेरै सम्पत्ति थियो । उनी प्रत्येक विहीबार व्रत बस्ने तथा पुण्यकर्म गर्ने गर्दथे । तर रानी भने त्यस्तो केही कर्म गर्दिन थिइन् । राजाले गरेको धार्मिक कार्यलाई रानीले असहयोग गर्थिन् । दरबारमा थुप्रिएको सम्पत्तिका कारण आफूले धेरै काम गर्नु परेकोमा उनी चिन्तित हुन्थिन् ।

एक दिन गुरु वृहस्पति उनको दरबारमा साधुको रुप धारण गरी पुगे । त्यसबेला राजा शिकार खेल्न जंगल गएका थिए । रानीले साधुलाई देखेर आफ्नो दरबारमा भएको सम्पत्ति तथा वैभव समाप्त पारिदिन आग्रह गरिन् । साधुरुप धारण गरेका गुरु वृहस्पतिले पनि रानीको चाहना पूरा गर्न फल प्राप्ति हुने कर्म भन्दा पनि नष्ट हुने कर्म गर्न सिकाउँछन् । रानीले विहीबारको दिन त्यसै गर्छिन् । दरबारको सम्पूर्ण वैभव समाप्त हुन्छ । दुःख पाएपछि राजा कामका लागि परदेश लाग्छन् । दरबारमा भएका रानीहरुले पनि भोकभोकै बस्नु पर्ने दिन आउँछ । यो दुःखका बीच रानीले आफ्नी बहिनी कहाँ सहयोग माग्न पुग्छिन् ।

बहिनीले उनीहरुलाई धन प्राप्तिका लागि विहीबारको व्रत बस्न सुझाउँछिन् । त्यसपछि रानी र उनका दासीहरु विहीबारको दिन व्रत बस्न थाल्छन् । व्रत बस्न थालेदेखि फेरि दरबारमा सम्पत्ति थुप्रिन थाल्छ । दरबारमा सुख मिल्न थाल्छ । परदेश गएका राजा पनि फिर्ता आउँछन् । अतः विहीबारको दिन व्रत बसेको खण्डमा सम्पत्ति तथा वैभव प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर