काठमाडौं – सम्पर्कविहीन तारा एअरको जहाजमा रहेका यात्रुका आफन्त सोधपुछका लागि पोखरा विमानस्थलमा पुगेका छन् ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ‘९एन-एआईटी’ जहाज आज बिहान १०ः०७ बजे सम्पर्कविहीन भएको हो । जहाज सम्पर्कविहीन भएको खबर आएसँगै यात्रुका आफन्तजन सोधपुछका पोखरा विमानस्थल पुगेका हुन् ।

जहाजमा तीन जना चालक दलका सदस्य तथा १९ जना यात्रु छन् । जसमा ६ जना विदेशी रहेका छन् । जहाजको खोजीका लागि नेपाली सेनाको ‘रेस्क्यु टिम’ पोखरा विमानस्थल पुगेको छ । खोजी कार्यका लागि सेनाको एमआई-१७ हेलिकोप्टर पोखरा विमानस्थलमा तयारी अवस्थामा रहेको छ ।

प्रतिकूल मौसमका कारण खोजीका लागि हेलिकोप्टर जान नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । अहिले स्थलमार्गबाट जहाजको खोजीका लागि सुरक्षाकर्मीसँगै स्थानीय समेत खटिएका छन् । सरकारले जहाजको खोजीका लागि सहयोग गर्न सर्वसाधरण नागरिकलाई समेत आग्रह गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जहाजको खोजी कार्य तीब्र बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर