१) केही राम्रो कुराको शुरूवात मात्रै गर तपाईलाई साथ दिन हजारौ मान्छेहरू भेटीनेछन ।

२) सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो ।

३) ईश्वरको अगाडी हामी सबै एकजस्तै बुद्दीमान छौ र एकजस्तै मुर्ख पनि ।

४) जो व्यक्ति राम्रो काममा धेरै व्यस्त हुन्छ, उसले अरुको अगाडी राम्रो बन्नको लागि समय पाउंदैन।

५) अरूको लागी जिउन चाहनेलाई अरूले मर्न पनि दिदैनन् ।

६) तिमीले अरुलाई राम्रो कसरि देखाउने भन्ने प्रयास नगर। आफूलाई के राम्रो लाग्छ, त्यो बन्यौ भने तिमीमा आत्मविश्वास जाग्छ र त्यो आत्मविश्वासले अरुको मन जित्न सक्छौ ।

७) जब तपाई पहाड चढ्न चाहनुहुन्छ तब सबैले तपाईलाई साथ दिन्छन भने, जब तपाई चन्द्रमा छुन चाहनुहुन्छ तब तपाईलाई साथ दिने कोही पनि हुदैनन् किनभने गन्तव्यसम्म पुग्ने बाटो तपाईले मात्र देखेका छौ अरूले देखेका छैनन् ।

८) कसैको खुट्टामा गिरेर केही पाउनु भन्दा आफ्नै खुट्टामा उभिन सक्नु महान कुरा हो ।

९) काँचो घर हेरेर कसैसित सम्बन्ध नतोड्नु साथीहरु अनुभव छ मेरो कि माटोको पकड मजबुत हुन्छ सिमेन्ट मा त अक्सर खुट्टा चिप्लिएको देखेको छु ।

१०) खै किन किन, देख्दछु सबै आफ्नाहरु पराईको खोल ओढेर बसेका छन् ।

११) कुरा गर्न मजा त ती मान्छेहरुसित हुन्छ जोसित बोल्नको लागि पहिला केही सोच्नुपर्दैन ।

१२) मान्छेलाई कसैले महान बनाउन सक्दैन, तर आफै महान बन्न चाहनेलाई कसैले रोक्न पनि सक्दैन ।

१३) यात्रा छोटो नै किन नहोस तर यादगार हुनु जरुरि छ; रंग कालो नै किन नहोस तर बफादार हुनु जरुरि छ ।

१४) औसत मानिसहरू आफ्नो कार्यमा मात्रै २५ प्रतिश शक्ति र क्षमता लगाँउछन् । वास्तवमा ५० प्रतिशत क्षमता प्रयोग गर्ने व्यक्तिहरूलाई संसारले सम्मान गर्दछ । १०० प्रतिशत क्षमता प्रयोग गर्ने व्यक्तिहरू सबैलाई शासन गर्ने गर्छन् ।

१५) आफ्नो बनाउन हजार गुणहरु पनि कम हुन्छ तर छोड्नको लागि एक वैगुन नै काफी हुन्छ ।

१६) आफ्नो कामसँग जुन कुराको सम्बन्ध छ, त्यसलाई व्यार्थ र अनुपयोगी नसम्झ बरू त्यस बारेमा ज्ञान प्राप्त गर।

१७) सम्बन्धको अन्त्य तब हुन्छ जब एउटाको गहिरो माया अर्कोको लागि बोझ लाग्न सुरु गर्दछ ।

१८) त्यो बेला तोडिने छ मन, जब भन्ने छौ बुवा-आमालाई तिमीले ‘मेरो निम्ति तिमीहरुले गर्यौ नै के ?’

१९) मुस्कान र सहयोग दुइ यस्ता अमृत हुन् जुन जति तपाई दोस्रो उपर छार्क्नु हुन्छ उति नै तपाई आफू सुगन्धित हुन सक्नुहुन्छ ।

२०) बुवाको मायालाई तब बुझ्नेछौ जब या त तिमि आफ्नै बुवा बन्दछौ या बुवा तिमीलाई छोडेर यो धर्तीबाट जानुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर