महान कवि लक्ष्मी प्रसाद देवकोटाको जन्म नोभेम्बर १२, १९०९ (वि. सं. १९६६) लक्ष्मीप्रसाद देवकोटाको कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो ।

उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनिएको बताइएको छ ।

उनी नेपाली साहित्यको महान हस्तीका रुपमा पनि परिचित छन । उनले आफ्नो जीवन कालमा धेरै साहित्यहरुको रचना गरेका छन । जस्मा कविता, उपन्यास, निबन्ध, विधामा गरेका योगदानहरूलाई उच्च मानिन्छ ।

उनले  लक्ष्मी प्रसाद देवकोटाले नै  मुनामदन, शाकुन्तल, सुलोचना,  महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन्, विशेष गरी देवकोटाको मुनामदन एकदमै लोकप्रिय भएको थियो ।

आज हामी त्यी नै महान व्यक्ति लक्ष्मी प्रसाद देवकोटाद्वरा भनिएका केहि अनमोल भनाईहरु तल प्रसतुत गरेका छौ ।

१) सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जन साग र सिस्नुखाँदा मिल्छ ।

२) कुनै पनि मानिसको सबै आत्मा बुझाउन सक्ने विध्या अहिलेसम्म निस्केको छैन ।

३) चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

४) शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।

५) जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर । मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

६) खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो । मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

७) सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।

८)  दर्शन भय हो भने कविता सत्य हो । घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

९) मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।

१०) जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

प्रतिक्रिया

सम्बन्धित खवर