काठमान्डौ– सञ्चारकर्मी तथा महिला उद्यमी सुनिता केसी राई आफ्नै घरमा मृ’त अवस्थामा भेटिएकी छिन्। आइतबार दिउँसो धरान १५ पुष्पलाल मार्गस्थित आफ्नै निवासमा केसी मृ’त भेटिएकी हुन्।

प्रहरीका अनुसार घरको कोठामा पंखामा झु,’ण्डिएको अवस्थामा केसी भेटिएको छ। आ,’त्मह’त्या गरेको जस्तो देखिए पनि अनुसन्धानपछि नै थाह हुने डिएसपी नरेन्द्र कुँवरले बताए। केसी नेपाल पत्रकार महासंघको साधारण सदस्य हुन् भने क्लिकधरान मिडिया प्रालिकी प्रबन्ध निर्देशक पनि हुन्।

पेट्रोल व्यवसायमा संलग्न उनी पेट्रोलियम डिलर्स एसोसिएसनकी केन्द्रीय सदस्य समेत थिइन्। महिला सञ्जाल धरानकी सदस्यसमेत रहेकी केसी असरा सुधार केन्द्र, हिरासत भवन निर्माण समितिलगायत थुप्रै संघसंस्थामा आवद्ध थिइन्। केही दिनअघि स्कुटी दु’र्घटनामा परेकी केसी घरमा नै आराम गरिरहेकी थिइन्।

आइतबार उनलाई भेट्न घरमा पुगेका ना’तेदारले बोलाउँदा पनि नबोलेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उनका श्रीमान् महेश्वर राईलाई जानकारी गराएका थिए। श्रीमान् राई घर आएर ढोका फो’डेर हेर्दा झु,’ण्डिएको अवस्थामा भेटेका थिए। मृ’तकका २ छोरा छन्।-ब्लाष्ट।

प्रतिक्रिया

सम्बन्धित खवर