अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् ।

केकीलाई एयरपोर्ट पु-याउन रोहित पुगेका थिए । झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीलाई लिन र विवाहमा सहभागी हुन रीमा केही साता अगाडि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन् । यसैक्रममा अमेरिका पुगेका केकी र रिमाले सामाजिक संजालमा निकै गहिरो मित्रता झल्किने स्टाटस राखेका छन् ।

रिमाले फेसबुकमा लेखेकी छन् ।

केकु, तिमीलाई शुभकामनाका केही शब्द कोर्छु भन्दा भन्दै यसमा पनी तिमीले मलाई उछिन्यौ। तिम्रा हरेक जीतलाई सहर्ष स्वीकारेर तिमीसॅगै हाॅस्न सक्ने कला सायद मैले तिमी बाटै सिके! कहिलेकाही सोच्छु…जीन्दगीमा चिनेने, संगत गरिने हरेक व्यक्तिलाई त्यही आत्मियता,त्यही नम्रताकासाथ स्वीकार्न सके कति सहज हुन्थे होलान सम्बन्ध अनी कति सरल हुन्थ्यो होला जीवन। केकु, तिमीलाई भेटेर मेरो जीवनमा आएको बाहार र तिम्रो संगतमा मैले सिकेका व्यवहारहरूले मलाई सधै प्रभावित तुल्याएका छन्। मलाई विस्वाश छ तिम्रो त्यो अवोधपना, निडर स्वभाव र अग्रगामी सोचले तिम्रो जीवनसाथीलाई पनि सधै आकर्षित बनाईरहने छ। जीवनका असहज परिस्थितीहरू लाई सहजै पार लाउन सक्ने समझदारी मैले तिमीहरू दुवैमा देखेको छु।

एकअर्काको अवगुणहरूलाई सहजै स्वीकार्नेको माया त लागी नै हाल्छ। समयसॅगै तिमीहरू विचको यो निकटता,समझदारी र माया झांगीदै जावस्। जीवनमा आईपर्ने हरेक बाधा अड्चन भन्दा सम्बन्घलाई सधै माथि राख्नु। प्रिय केकु र टिंकु, वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना अनि ह्रदयभरिको माया 💐Keki Adhikari Rohit Tiwari

त्यस्तै केकीले पनि उस्तै प्रकृतीको यस्तो स्टाटस राखेकी छन् –

प्रिय रिमा, जब कुरा तिम्रो आउँछ, म त्यति खुल्दिन। जहाँ भावना शब्द भन्दा निकै गहिरो हुन्छ, त्यँहा अभिव्यक्ति फिका पर्दोरहेछ । त्यसैले होला तिम्रो माया अनि साथको बयान म सजिलै व्यक्त गर्न बाट चुक्ने गर्छु। तर पनि भित्र भित्रै तिमी जस्तो साथी यो जुनीमा पाउँदा म आफ्नो भाग्य देखेर आफै चकित खान्छु। अर्को जुनि होला नहोला, मैले बाचुन्जेल तिमीले मलाई दिने माया र साथको ५०% मात्र पनि फिर्ता गर्न सकेँ भने मेरो यो जुनी सफल भएको ठान्नेछु। म यो जगत, जननी अनि ब्रह्माण्डसंग तिम्रो जीवन रहेसम्म तिम्रो मनको खुशी अनि शान्तिको कामना गर्द्छु। धेरै धेरै माया मेरो यो जुनीको प्यारी दौँतरीलाई !! उहीँ तिम्रो बेस्ट फ्रेन्ड केकु 😍 ।

यसअघि रिमा, केकी र अर्की नायिका बेनिषा हमालको मित्रताको निकै चर्चा हुने गर्थ्यो तर पछिल्लो समय भने यो दोस्तीबाट बेनिषा छुटेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर