बर्दिया ९ गते । नेपाल रेडक्रस साेसाईटी,ठाकुरबाबा उपशाखा,बर्दियाकाे २५ अाैं बार्षिक साधारणसभा शनिबार रानीपुरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस साेसाईटीकाे बार्षिक कार्यक्रम अनुसार अायाेजित साधारणसभाकाे उद्घाटन गर्दै नेपाल रेडक्रस साेसाईटी,जिल्ला शाखा बर्दियाका उपसभापति नवराज ढुंगानाले काेराेना महामारी र लकडाउन लगायतका विषम परिस्थितिमा उपशाखाले निर्वाह गरेकाे भूमिका उदाहरणीय रहेको वताउनु भयो । यसैगरी ठाकुरबाबा नगरपालिका वडा नं.७ का वडाअध्यक्ष पदमबहादुर खड्काले नेपाल रेडक्रस साेसाईटी ठाकुरबाबा उपशाखाले विपतकाे समयमा स्थानीय तह र समुदायलाई अग्रमाेर्चामा रहेर सहयोग गर्दै अाईरहेकाेमा धन्यवाद व्यक्त गर्नु भयो । साधारणसभाले सभापति यज्ञप्रसाद नेपालद्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम एवम् काेषाध्यक्ष राजेन्द्रप्रसाद शर्माद्वारा प्रस्तुत अाय व्यय विवरण,लेखा परिक्षण प्रतिवेदन र प्रस्तावित अाय व्यय विवरण पारित गरेको छ । नेपाल रेडक्रस साेसाईटी,ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालकाे अध्यक्षतामा अायाेजित सभामा नेपाल रेडक्रस साेसाईटी,बर्दिया शाखाका पूर्व सभापति महेशचन्द्र गाैतम र काेषाध्यक्ष चक्रबहादुर थापाकाे पनि उपस्थिति रहेको थियोे । नेपाल रेडक्रस साेसाईटी ठाकुरबाबा उपशाखा उपसभापति विजया खनालले स्वागत गर्नु भएको कार्यक्रमकाे संचालन उपसचिव कुमारप्रसाद सापकोटाले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर