काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा नेकपाको उपाध्यक्ष वामदेव गौतमले नेकपा राष्ट्रिय एकता अभियान सुरु गर्ने भएका छन्। जसका लागि बुधबार उनले ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्ने तयारी गरेका छन् ।

‘वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्न ५ सय ५१ सदस्यीय कार्य समिति आगामी बुधबार घोषणा गर्ने तयारी गरेका छन् ।

उक्त अभियानको लागि तोकिएका केन्द्रिय समितिमा रहेका सबै जना प्रदेश कमिटीको पदेन सदस्य हुने व्यवस्था गरिएको छ ।

‘अभियान सञ्चालनका लागि ७५ सदस्यीय सचिवालय निर्माण गरिएको छ । भने सबै स्थानीय तहमा एकता अभियानको समिति गठन हुने छ।’

गौतमले कानुनी रुपमा विभाजनको छिनोफानो नहुन्जेलसम्म शिष्ट भाषाको प्रयोग गर्न, एकअर्काको बारेमा कुराकानी नगर्न र दुवैतर्फको भेला, बैठक तथा आमसभामा नजान आम कार्यकर्तालाई आह्वान गर्ने छन्।

गौतमले यस विषयमा राष्ट्रिय सभामा बोल्ने क्रममा पनि भनेको थिए । उनले आफूले अन्तिम अवस्थासम्म पार्टी एकता कायम गर्न पहल गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते आम चुनावको घोषणा गरेका छन्। त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ भने सो स्थानमा नेता नेपाललाई अध्यक्ष बनाएको छ।

‘एकता अभियानको बारेमा दुवै पक्षका नेताहरुसँग गौतम छलफलमा हुनुहुन्छ,’ पराजुलीले भने, ‘दुवै पक्ष मिलेर जाने हो भने गत चुनावजतिको स्थान त नआउला तर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भने पक्कै पनि बनिन्छ।’

गौतमलाई दुवै पक्षले आफ्नोतर्फ आउन आग्रह गरेपनि उनी कसैको भेला र बैठकमा गएका छैनन्। प्रवासी नेपालीहरुको एउटा कार्यक्रममा नेपालले एकताका लागि गौतमले अभियान चलाउनु राम्रो भएपनि उनको प्रयासलाई ‘बालुवाटारको बालुवाबाट तेल निकाल्ने कोसिस’ भनेका थिए।

नेकपाका दुवै पक्षले फरकफरक कार्यक्रम र बैठक गरेर आफू अनुकूल निर्णय गर्दै वैधानिकता दाबी गरिरहका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर