ज्याेति कुमार पन्थि २८ माघ । लगनसिल दलित महिला समुहमा करिव दुई दर्जन महिलाहरू सदस्य छन । प्रत्येक महिनाकाे १७ गते उनिहरू कुनै एक स्थानमा जम्मा हुन्छन । प्रत्येक महिना बैठक बस्ने उनिहरूले आफुले जम्मा गरेकाे रकम आफ्नै महिला सदस्यमा लगानि गर्ने गरेका छन उनिहरूलाई यहाँ सम्मकाे यात्रा तय गर्न दलित महिला संघ बर्दियाले पनि सहयाेग गरेकाे छ । घरकाे काममा ब्यस्त हुने गरेका बढैयाताल गाउपालिका गाउका महिलाहरू घरकै काममा ब्यस्त हुन्थे उनिहरूलाई आय अार्जन गर्ने कुनै जानकारि नै थियन तर तर दलित महिला संघले समूह गठन संगै महिलाहरूलाई पनि आयआर्जनमा लाग्ने प्रेणा मिल्याे र पछि उनिहरू पनि केही गर्न सकिन्छ भन्ने कुराकाे शिक्षा दिय पछि आज भाेलि ती महिलाहरू प्रत्येक महिनाकाे १७ गते बैठक बस्छन र उनिहरू प्रत्येकले प्रति महिना एक सयका दरले रकम समेत संकलन गर्दछन । आफुहरूले समुहमा आवद्व भयर उठायकाे पैशा आफ्नै समुहका महिलाहरूलाई लगाउने गरेकाे लगनशिल दलित महिला समुहकि अध्यक्ष भगवती बि.कले बताउनु भयाे । उहाले भन्नु भयाे हामिले उठायकाे रकमले यति बेला समुहमा आवद्व महिलाहरूले नै रिण लगेर कसैले किराना पसल त कसैले हाेटल ब्यवसाय गरेकाे समेत उहाले बताउनु भयाे । पहिला पहिला केही नजानेका आफुहरू समुहमा आवद्व भयर धेरै कुरा सिक्न पायकाे समुहमा आवद्व महिलाहरूले बताय । घर धन्दामा मात्र स्वर्ग देखेका महिला यतिबेला आफ्नाे आमदानिमा समेत सरिक हुन गालेका छन । दलित महिला संघ बर्दियाले बर्दियाकाे बढैयाता गाउपालिका र गुलरिया नगरपालिका क्षेत्रमा दलित समुदायकाे हक अधिकारका साथै समूह गठन सहित महिलाहरूकाे आय स्तर बढाउन समेत बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आयकाे दलित महिला संघ बर्दिकि कार्यक्रम संयाेजक हिमा सुनारले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर