सोमबार काठमाडौंको विमानस्थलबाट लण्डन उड्दै गर्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियासँग खुलेर बोलिन् । अरु, समय मिडिया नै चाहिदैन भन्दै उफ्रिएकी साम्राज्ञी यसपटक पनि आनाकानी गर्दै थिइन् । तर, मिडियाको क्यामेराको अगाडि उनले आनाकानी लामो समय टिकाउन सकिनन् ।

मिडियासँग कुराकानी गर्ने क्रममा उनले आफ्नो स्वभावको बारेमा कुरा गरिन् । साम्राज्ञीले भनिन्–‘मलाई तपाई जस्तो व्यवहार गर्नुहुन्छ, म पनि त्यस्तै छु । मसँग नरम हुनुभयो भने म जतीको मिल्ने कोही पनि हुँदैन होला ।’

साम्राज्ञीसँग पहिलो पटक शेयर गर्दै गर्दा उत्साहित बनेकी मोडल गरिमा शर्माले उनको स्वभाव अझै प्रष्ट्याउने कोशिश गरिन् । उनले, साम्राज्ञीलाई नभेट्दा आफूलाई पनि घमण्डी नै छिन् कि जस्तो लागेको बताउँदै भेटेपछि आफ्नो सोचाई परिवर्तन भएको बताइन् ।

साम्राज्ञी विमानस्थलमा आफ्नो प्रेमीसँग पुगेकी थिइन् । सुरुमा क्यामेरा देखेपछि कार घुमाएका उनका प्रेमी पछि माक्स लगाएर उनीसँगै प्रवेश ढोकासम्म पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर