सिन्धुपाल्चोकमा यात्रुवाहक बस दु,र्घटना हुँदा १२ जना घा,इते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दु,र्घटना भएको हो ।

दु,र्घटना १२ जना घा,इते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घा,इते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घा,इतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

यो पनि: सानीभेरी नदीमा ‘र्‍याफ्टिङ’ परीक्षण सफल -रुकुम – रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएको छ

‘सानीभेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा परीक्षण सफल भयो।’ मन्त्रालयका प्राविधिक विवेक शाहले भने, ‘यस वर्ष प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो ।’ टोलीले भुमे गाउँपालिका-५ को सौरीखोलाबाट बालुवा, सिस्ने-६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म र्‍याफ्टिङ परीक्षण गरेको थियो।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इञ्जीनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायत परीक्षण जलयात्रामा सहभागी भएका थिए । यसअघि रोल्पाको माडीखोला, प्यूठानको माण्डबी नदी र दाङको राप्ती नदीमा जलयात्राको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर