बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको यौ न दु र्व्यवहारको आरो प सम्बन्धी भिडियोमा मिस नेपाल सन् २००० कि बिजेता तथा सञ्चारकर्मी माल्भिका सुब्बाको पनि नाम जोडिएको छ।नाम जोडिनेबित्तिकै उनले आ,रोप लगाउने युवतीसँग सम्प,र्क गरी माफी मागेकी थिइन् तर कुरा त्यत्तिमै सकिएन। अहिले युवतीले उनले पठाएको व्यक्तिग सन्देश सार्वजनिक गरी त्यो बेला उनलाई परेको समस्या साझा गरेकी छन्।

आ,रोप लगाउने युवतीले आफूमाथि भएको यौ,न दु,र्व्यव,हारपछि सहयोग माग्न खोज्दा सुब्बाले उल्टै उनलाई ‘तिम्रै कारणले हो, तिमी नै जिम्मेवार छौँ’ भनेको उल्लेख गरेकी थिइन्।बुधबार सार्वजनिक भएको उक्त भिडियोमा पी,डित युवतिले माल्भिकालाई ‘आदर्श’ मान्ने गरेको भएर र पीडित युवती सहभागी भएको ब्युटी प्याजेन्टका माल्भिका जोडिएको भएर हिम्मत गरी सहयोग हुने आशमा आफ्नो समस्या साझा गरेको बताएकी थिइन्।

पीडित युवतीले माल्भिकाले उनको सम,स्यालाई रुखो र गैर जिम्मेवार उत्तर दिएपछि महिला सशक्तिकरणको बारेमा बोलेको, महिला अधिकार, भेदभाव वि,द्ध बोलेको भिडियो देख्दा मानसिक समस्या हुने र अहिले उनलाई परेको मानसिक समस्याको केही हदसम्मको कारण माल्भिका रहेको पनि उल्लेख गरेकी थिइन्।पीडित युवतीले माल्भिकाप्रतिको अभिव्यक्तिपछि माल्भिकाले उनलाई व्यक्तिगत रुपमा म्यासेज पठाएर त्यतिबेलाको लागि क्षमा गरिदिन आग्रह गरेकी थिइन्। त्यसपछि पीडित युवतीले इन्स्टाग्राममा माल्भिकाको नाम नै उल्लेख गरेकी थिइन्।

माल्भिकाको नाम पीडित युवतीले सार्वजनिक गर्ने बित्तिकै माल्भिकालाई सामाजिक सञ्जालमा यो घटनाको बारेमा उल्लेख गर्न चौतर्फी दबाब दिइयो । सामाजिक सञ्जालमा भएका उनका सबै तस्बिरमा नकारात्मक कमेन्टको वर्षा नै लाग्यो।उनलाई धेरैले घृ णा गरेको सन्देश पठाए, कमेन्ट गरे।त्यसपछि उनले त्यो समयको सबै कुरा समेटेर लामो माफीपत्र इन्स्टाग्राममा पोस्ट गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर