पछिल्लो पुस्ताकी गायिका हुन्, मेलिना मैनाली । उनले स्वर दिएका ‘छोटो छ जिन्दगी’, ‘फिक्का फिक्का’, ‘इतिहास’, ‘सम्झेर एक्लै’ लगायतका गीतलाई स्रोता-दर्शकले रुचाएका छन् ।

दुई साताअघि सार्वजनिक भएको मोहितवंश आचार्यसँग उनले गाएको ‘हाम्रो माया यसरी चल्नदेऊ’ गीत पनि रुचाइएको छ ।

सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी मेलिनाको दिनचर्या कसरी बित्छ ? उनको जीवनशैली कस्तो छ ? भन्ने विषयमा गरेको कुराकानी ।

बिहान कति बजे उठनुहुन्छ ?

पहिल्यैदेखि बिहान म अलि ढिलो उठछु । बिहानपख एकदमै मीठो निद्रा लागिरहेको हुन्छ, त्यसैले चाँडो आँखा खुल्दैन । उठ्दा प्रायः ८ बज्छ ।

रियाज कति समय गर्नुहुन्छ ?
आफूले सिकेका कुरा ‘रिभिजन’ गर्ने हो । यति नै समय भन्ने छैन । कहिले आधा घण्टा हुन्छ, कहिले ४५ मिनेट ।

खाना कसले बनाउनुहुन्छ ? खानामा के-के हुन्छ ?

यहाँ दिदी पनि छे । बिहान प्रायः उसले नै बनाउँछे । खानामा भात, दाल, तरकारी र अचार हुन्छ । मलाई खानामा चर्को, पिरो चाहिन्छ । मलाई दही एकदमै मनपर्ने भएकाले प्रायः छुट्दैन ।

बाहिर कतिबेला निस्किनुहुन्छ ?

खाना खाएपछि म संगीत कक्षा जान्छु । एक महिनाजति भयो, गुरु चण्डीप्रसाद काफ्ले सरसँग संगीत कक्षा शुरु गरेकी छु । १० बजे संगीत कक्षाका लागि हिँडछु । १०:४५ देखि १ घण्टा कक्षा हुन्छ ।

कपडामा कत्तिको सौखिन हुनुहुन्छ ?

एकदमै सौखिन छु । कपडा किन्न एकदमै मन पर्छ । आज सपिङ गर्ने भनेर चाहिं म हिँड्दिन । कतै जाँदा केही नयाँ कपडा देखें र मन पर्‍यो भने किन्न मन लागिहाल्छ, किनिहाल्छु पनि । ४/५ दिनमा एउटा न एउटा कपडा किनिरहेकी हुन्छु ।

कपडाको ब्राण्ड कत्तिको हेर्नुहुन्छ

कस्तो रंगको कपडा बढी मनपर्छ ?

ब्राण्डेड नै चाहिन्छ भन्ने छैन । कपडाको क्वालिटी चाहिं किन्दाखेरि हेर्छु । कत्तिको टिक्छ भन्ने कुरा ख्याल गर्छु । मलाई कालो, रातो बढी सुहाएजस्तो लाग्छ । त्यो रंगको कपडा बढी मनपर्छ । यद्यपि अरु जुनसुकै रंगका कपडाहरु पनि सुहाएको छ भने प्रयोग गर्छु ।

दिन कसरी बित्छ ?

रेकर्डिङ, छायांकन र स्टेजमा नै बढी समय बितिरहेको हुन्छ । काम भएन भने संगीत कक्षाबाट आएर एकछिन आराम गर्ने, फेसबुक तथा टिकटक चलाउने÷बनाउने, युट्युब हेर्ने गर्छु । फुर्सदमा नयाँ नेपाली चलचित्रहरु पनि हेरिरहेकी हुन्छु ।

गायनबाहेक अरू रुचि के छन् ?

डान्स गर्न रुचि लाग्छ । अभिनय गर्न पनि मन पर्छ । अरुकोमा भन्दा पनि आफूले गाएको गीतमा सुहाउँछ भने अभिनय गर्न राजी नै हुन्छु । त्यस्तै, घुम्न मन पर्छ । तर, घुम्नकै लागि खासै हिँडेकी छैन ।

म बढी रिसाउँछु कि जस्तो लाग्छ । केही काम गर्नुअगाडि यो त हुँदैन होला भन्ने सोच आइरहन्छ । कामलाई लिएर अलि डराउने, चिन्ता लिने खालको स्वभाव छ । यी कुराहरु सुधार्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

सांगीतिक क्षेत्रमा नजिकका साथीहरु कति छन् ?

धेरै नै हुनुहुन्छ । जस्तो, रचना रिमाल । ऊसँग एकदमै नजिक छु । एलिना दिदी हुनुभयो, समीक्षा भयो ।

लुगाहरु मलाई गर्मीको एकदमै मनपर्छ । गर्मीको लुगा एकदमै राम्रो-राम्रो हुन्छ । तर, जाडोमा ज्याकेट लगाएपछि अरु लुगा केही देखिँदैन ।

तर, सिजन चाहिं जाडो मनपर्छ । जाडोमा कुल भइन्छ । पसिना आउँदैन । काम गर्न पनि एकदमै सजिलो हुन्छ ।
दिनमा औसतमा कति रुपैयाँ खर्च हुन्छ ?

ठ्याक्कै यति भन्ने नै हुँदैन । कहिलेकाहीं धेरै सामान किन्दा १०/१५ हजार पनि खर्च भइरहेको हुन्छ । कहिले संगीत कक्षा जाने आउने खर्च मात्रै पनि भइरहेको हुन्छ ।

सबैभन्दा बढी खर्च केमा गर्नुहुन्छ ?
कपडामा हो । भनिसकें नि, राम्रो देखेका कपडाहरु किन्न मन लाग्छ ।

खाना कतिबेला खानुहुन्छ ? साँझमा आफैं बनाउनुहुन्छ कि ?
८-९ बजे । साँझ म छिटो आएँ भने आफैं बनाउँछु ।

सुत्नुअघि दिनभरका कामलाई कत्तिको सम्झिनुहुन्छ, सुत्दा कति बज्छ ?
सम्झिन्न । बरु भोलि के गर्नेहोला ? त्यो सोच्छु । खाना खाएपछि एकछिन मोबाइल चलाउँछु । फेसबुक, म्यासेज, टिकटक हेर्छु । नयाँ गीत कुन-कुन आयो युट्युबमा हेर्छु । सुत्दा प्रायः १० बज्छ ।अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर