जन्म देखि नै शारीरिक अपांग भएर जन्मिएका यी युगल जोडीको सत्य कथा,भाग्यमा नलेखिएका र नदेखिएका कुराहरू,भाग्यले डोर्‍याउँदै लगेका पर छायाँहरू त्यीनै पर छायाँको फेर समात्दै जाने जिन्दगीका पर्छापहरू,कहिले उकाली त कहिले ओराली अनि लेक र बेसी भञ्ज्याङ चौतारीमा बिसाउँदै हिँड्ने अनवरत यात्राहरू,यात्रामा भेटिनेहरू,यात्रामा छुटिनेहरू,जीवनको खेल,जीवनको रंग अनि जीवनको खुसियाली र दुखहरू पनि अचम्मको हुँदो रहेछ।

अँध्यारोमा छामेपनी उज्यालोमा देखेपनी रमाइलोमा अनुभव गरेपनी,जीवनका भोगाइहरू,जीवनका पीडाहरू,जीवनका उमंगहरू,त्यही जीवनका अनुमानहरू सबै उस्ताउस्तै हुँदा रहेछन्।दुखसँगै जिन्दगीमा बाँच्नुपरेको छ,जसरी नि जिन्दगीलाई साँच्नु परेको छ।जन्मदैँ एउटा एउटा खुट्टा नभएका एक युगल जोडी पूर्वका अर्जुन राई र पश्चिमकी नन्दी ओलीको प्रेम कथा साथै दुबैले भोगेको पीडा उस्तै रहेछ।

हामी मानव हौं,संसारमा सर्वश्रेष्ठ प्राणी अन्तरगत पर्छौँ।हामी शिक्षित पनि छौँ,हाम्रो बुझाइ,हाम्रो हेराइ धेरै नै फरक छ।हामीले उहाँहरूसँग सुखदुःखका बारेमा कुरा गर्दै थियौं।त्यही बेला गहभरी आँसु झार्दै नन्दी ओली एक्कासि रुन थालिन्।यही समाजमा उनलाई एक खुट्टेनी,लंगडी भन्दै छिछी र दुरदुर गर्दै व्यबहार गरेको बिगत सम्झिन्।

उनले रुँदै गर्दा त्यहाँ उनलाई भेट्न गएका युट्युब पत्रकारहरूले सम्झाइबुझाइ पनि गरे र उनलाई नरोइकन बस्न हौसला समेत दिए।त्यसैगरी जन्मदैँ खुट्टा नभएका अर्जुन राईको पनि पीडा उस्तै रहेछ।उहाँहरू शारीरिक रुपमा अपांग भएपनी मागेर खाने भने होइन,सम्पत्तिको नाममा उहाँहरूसँग एकजना छोरी र अलिकति ऐलानी जग्गा मात्रै रहेछ।

उहाँहरूले आफूहरू बस्ने सुँगुरको फार्ममा पनि महिनाको पैंतालीस सय भाडा तिर्नुपर्ने रहेछ एक महिनाको।यी अपांग परीवारको लागि नदीसरा गरबुजा पोखरा,म्याग्दी भएका हाल हङकङबाट रू.२००००(बीस हजार)सहयोग गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर