ज्योति पन्थी २३ फागुन । गुलरिया नगरपालिकाका उप प्रमुख एवं न्यायिक समिति संयोजक शुशिला गिरीले महिला हिंसा न्युनिकरण गर्नका लागी महिलाहरुनै सक्रिय भएर लाग्नु पर्ने बताउँनु भएको छ । दलित महिला संघ बर्दिया र गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाको संयोजनमा १११ औ अन्तराष्ट्रिय महिला दिवस मलु समारोह समितिले गुलरिया नगरपालिकामा आयोजना गरेको अन्र्तक्रृया कार्यक्रममा बोल्दै उप प्रमुख गिरीले महिलाहरुको सुरक्षा अवस्था पछिल्लो समय खस्किदै गएको बताउँदै अव महिलाहरुनै महिला हिंसा कम गर्नका लागि शुरक्षित भएर लाग्नु पर्ने बताउँनु भयो । उहाले हिसामा परेका महिलाहरूकाे गुुुुुनासाे सुनुवाईका लागि छिट्टै हेल्पडेस्क स्थापना गरिने बताउनु भयाे ।
कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले अहिले पनि समाजमा बाल बिवाहको प्रचलन कायमै रहेको हुदा त्यसको रोक थाममा सवै सक्रिय भएर लाग्नु पर्ने राय ब्यक्त गर्नु भयो । कार्यक्रममा नगर प्रमुख यादवले महिला हिंसा रोक्न र बालबालिको अधिकारका लागि महिलाहरु लागेमा त्यसमा सहयोग गर्न नगरपालिका तयार रहेको समेत बताउँनु भयो ।
कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले अन्तराष्टिय स्तरमा महिला रोक्न धेरै सन्धी सम्झौताहरु भएको र त्यसको कार्यान्वयको क्रममा नेपाल समेत अगि बढी सकेको बताउँनु भयो । प्रमुख प्रशासकिय अधिकृत देवकोटाले यस बर्षको महिला दिवस मनाउँदै गर्दा आगामी बर्षका कार्यक्रम तय गररे हिंसा न्युनिकरणका लागि सन्देश दिन जरुरी रहेको बताउँनु भयो । कार्यक्रममा संयोजन सस्था दलित महिला संघकी कार्यक्रम संयोजक हिमा सुनारले महिलाहरुको सवालमा आफुहरु एक जुट भएर लाग्नु पर्ने बताउँदै यस बर्षको महिला दिवसले सकारात्मक प्रभाव पार्नेमा आफु बिश्वस्त रहेको समेत बताउँनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने अधिवक्ता लक्ष्मि नेपालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अन्र्तक्रृया कार्यक्रम महिला बिकाश शाखा प्रमुख शिला शाहले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर