काठमाडौं, २७ बैशाख । पछिल्लो समय म्युजिक भिडियोमा जमेकी नायिका तथा मोडल मलिका महत हुन् । उनी अहिले नेपाली गीतका म्युजिक भिडियोमा एकदमै रुचाइने कलाकारको पहिलो नम्बरमा पर्छिन ।

यसअघि मलिका र पलको अभिनयमा निर्मित म्युजिक भिडियो फुलबुट्टे सारी र टाढा भएपनि बोलको गीतको म्युजिक भिडियोले नेपाली दर्शकहरुको ध्यान तानेको थियो ।

मलिकालाई पछिल्लो पटक राजेशहमालद्वारा निर्माण हुन लागेको चलचित्रमा पनि अभिनेत्रीका लागि प्रस्ताव आएको थियो । तर उनले व्यक्तिगत कारण देखाउदै समय नमिल्ने भनेर अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर